दुई किलो सुन सहित रसुवामा दुई जना पक्राउ


नेपाल समाचारपत्र, रसुवा । चीनको केरूबाट अबैध रुपमा लुकाएर ल्याएको सुन सहित रसुवामा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका–४ घर भई रसुवाको उत्तरगया गाउँपालिकाका स्थित लहरेपौवामा वस्ने ३० वर्षका कृष्ण बहादुर श्रेष्ठ र काठमाण्डौका दिनेस रोक्का रहेका छन् ।

नेपाल प्रहरीले आज पत्रकार सम्मेलन गरेर बा ७६ प ७८१० नम्वरको मोटरसाइकलको तेल टयाङ्कीमा फल्स बटम बनाएर दुई किलो सुन ल्याएको जानकारी दिएको हो ।

 

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरिक्षक फणिन्द्र प्रसाईँले भन्नुभयो ‘मोटरसाइकलको तेल टयाङ्कीमा अर्को टयाङ्की वनाएर लुगाले वेरेर सुन ल्याइएको रहेछ । तीन ठाउँमा चेकजाँच गर्दा समेत फेला पार्न कठिन भयो ।

 

रसुवागढीमा चेकजाँच भयो चेकजाँच गर्दा कुनै पनि वस्तु फेला परेन् । त्यसपछि टिमुरेका इन्सपेक्टको नेतृत्वमा अर्को टोलीले टिमुरेमा जाँच ग¥यो तर त्यहा पनि फेला परेन् ।

 

कुनै सिप नलागेपछि मोटरसाइकल जिल्ला प्रहरी कार्यालयमा ल्याएर जाँच गरियो । त्यसको लामो समय पछि थाहा भयो कि मोटरसाइकलको तेल टयाङ्कीमा फल्स बटम वनाएर सुन ल्याइएको रहेछ ।
मोटरसाइकल र श्रेष्ठ पक्राउ परेपनि उनका साथी काठमाण्डौ पासिकोट गोल्डेन चोक वस्ने वस्ने रुपेश भन्ने दिनेस रोक्का अर्को गाडीमा चढेर काठमाण्डौ पुगिसकेका थिए ।

 

श्रेष्ठलाई नै फोन मार्फत सुन लिन आग्रह गरी काठमाण्डौबाट प्रक्राउ गरिएको थियो । श्रेष्ठ पहिलो चोटी पक्राउ परे पनि अहिलेसम्म अवैध रुपमा ७ किलो सुन काठमाण्डौ पठाइसकेको खुलेको छ ।