अहिलेको सरकार अराजक – बामदेव गौतम


विष्णु प्रसाद तिमिल्सिना, बर्दिया ।

नेपाल कम्युनिष्ट पार्टी एमाले उपाध्यक्ष बामदेव गौतमले अहिलेको सरकार संविधान ऐन नमान्ने अराजक भएको बताउनु भएको छ ।

उक्त कुरा प्रेस चौतारी नेपालले गुलरियामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा गौतमले वर्तमान सरकारले मानवअधिकार सम्बन्धी अन्तराष्ट्रिय प्रतिबद्धता सन्धि, राष्ट्रिय कानूनलाई बेवास्ता गर्दै दण्डहीनताको बाटोमा अघि बढिइहेको छ बताउदै उपाध्यक्ष गौतमले संविधान १६÷१७ प्रकारका मुद्दा फिर्ता लिन नमिल्ने भएपनि सरकारले फौजदारी अभियोग लागेकाहरूको मुद्धा समेत धमाधम फिर्ता लिने निर्णय गरेर अपराधीक प्रवृत्तिको मनोबल बढाइरहेको धारणा राख्नुभयो ।

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले् कांग्रेस–माओवादी केन्द्रसँगको गठबन्धनलाई ‘शत्रुसँगको साँठगाँठ’ संज्ञा दिँदै कांग्रेस र माओवादी केन्द्र देशको पक्षमा नभई एमालेको विपक्षमा खडा भएको बताउनु भएको छ । उपाध्यक्ष गौतमले नेकपा एमालेलाई कमजोर देखाउन माओवादी केन्द्रले सैद्धान्तिक विचलन गरी काँग्रेससँग घाँटी जोडेको छ, यसरी घाँटी जोडेका छन् कि, दुई पार्टीबीच भिन्नता नै देखिँदैन उहाँको भनाई थियो ।

हेटौंडामा महाधिवेशनमा नेपाली कांग्रेसलाई वर्ग शत्रु किटान गरेको माओवादी अहिले त्यही नेपाली काँग्रेससँग शत्रुसँग गला जोडेर सरकारका बसेको छ ,निर्वाचनमा दौडिएको छ उनको भनाई थियो । उहाँले वर्तमान अवस्थामा निर्वाचनमा कुनै पार्टीसँग तालमेल उपयुक्त नभएको प्रष्ट पार्दे आफुहरुले नेपाली कांग्रेससँग कुनै पनि ठाउँमा कुनै पनि हालतमा चुनावमा तालमेल नगर्न निर्देशन नै गरेको बताउनु भयो ।

राजपालाई जनतामा आधारित पार्टी नभई दूतावासमा भोज खाने र उनीहरूको निर्देशन मान्ने पार्टी बताउनु भयो । जनताका आधार गुमाइसकेकाले एउटा पनि तह जित्न सकिँदैन भनेर राजपा चुनावमा नगएको भनि उनले दावी गर्नुभयो ।

उपाध्यक्ष एंव पूर्व उप–प्रधान तथा गृहमन्त्री गौतमले एमालेभित्र कुनै विवाद नभएको बताउदै एकमना एकताका साथ आफुहरु चुनावमा होमिएका बताउदै असार १४ गतेको दोस्रो चरण स्थानीय चुनावमा पनि एमाले पहिलो हुने दावि गरे। उनले प्रादेशिक चुनावमा सातै प्रदेश जित्ने र संघीय चुनावमा पनि सुविधाजनक बहुमत ल्याई त्यसपछि ६ महिनाभित्र एमालेले अर्को सरकार बनाईछाडने दाबी गर्नुभयो ।

कार्यक्रम प्रेस चौतारीका जिल्ला अध्यक्ष डिलप्रकाश गौतमको अध्यक्षतामा भएको थियो ।