अवैध सुनसहित भारतीय पक्राउ


हेटौंडा,(नेस) । हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटेस्थित चेक प्वाइटमा जा“च गर्ने क्रममा अवैध सुनसहित एक भारतीय पक्राउ परेका छन् ।

काठमाडौंबाट बीरगञ्जतर्फ जा“दै गरेको ना. ५ ख ५०१३ नम्बर बस जा“च गर्ने क्रममा अवैध सुन फेला परेको प्रहरीले जनाएको छ । बसका यात्री भारतको  रक्सौल–१६, हर्दिया बस्ने करिब १८ वर्षीय मनिष कुमारलाई अवैधरुपमा ल्याइएको ४ वटा ढिकामा रहेको सुनसहित मंगलबार पक्राउ गरिएको हो ।

बरामद अवैध सुन ५ सय ५२ ग्राम रहेको बताइएको छ । यस सम्बन्धमा  आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।