समर्थकमाथि देशद्रोहको मुद्दा

0
Shares

 

काठमाडौं, (एजेन्सी)
आइतबार सम्पन्न आईसीसी च्याम्पियन्स ट्रफीमा पाकिस्तानले विजय हासिल गरेको खुसियालीमा पाकिस्तानको पक्षमा समर्थन गर्ने १५ जना भारतीय नागरिकविरुद्ध स्थानीय प्रहरीले देशद्रोहको मुद्दा दायर गरेको छ।

आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा भारत १ सय ८० रनले पराजित भएपछि भारतका विभिन्न क्षेत्रमा पाकिस्तानको समर्थनमा भारतीयहरूले खुसीयालीमा प्रदर्शन गरेका थिए। भारतको मध्यप्रदेशका पाकिस्तानी समर्थकमाथि प्रहरीले देशद्रोहको मुद्दा चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।