आज निर्वाचन चिह्न दिइँदै

0
Shares

 

काठमाडौं, (नेस)
यही असार १४ गते बुधबार दोस्रो चरणमा निर्वाचन हुने प्रदेश नं १, ५ र ७ का ३३४ स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएकालाई आज मंगलबार निर्वाचन चिह्न प्रदान गरिने भएको छ।

निर्वाचन आयोगका अनुसार असार ४ गते उम्मेदवारी दिएका तर नाम फिर्ता लिन चाहनेलाई आज बिहान ८ बजेदेखि ११ बजेसम्मको समय प्रदान गरिएको छ भने ११ बजेदेखि ११ः३० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ।

निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई आजै बिहान ११ः३० बजेदेखि अपराह्न ६ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ।

स्थानीय तह निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराएका उम्मेदवारहरूमध्ये सोमबार रातिसम्म ६२ हजार ९ सय २६ को विवरण प्राप्त आयोगले जनाएको छ। दोस्रो चरणको निर्वाचनबाट १५ हजार ३८ जनप्रतिनिधिको चयन हुनेछन्।