मेयर थापालाई खुलाल थापा परिवारको सम्मान

0
Shares

 

भक्तपुर, (नेस)
धनन्जय गोत्र खुलाल थापा परिवारले आफनै गोत्रबाट सूर्यविनायक नगरपालिकामा निर्वाचित मेयर बासुदेव थापालाई सम्मान गरेको छ। सूर्यविनायक नगरपालिका १० चित्तपोलस्थित खुलाल गाउँमा आयोजना गरिएको कार्यक्रममा मेयर थापालाई धनन्जय गोत्र खुलाल थापा परिवार समस्त खुलाल गाउँबाट सम्मान गरिएको हो।

सो अवसरमा मेयर थापाले ७५ वर्षमाथिका १५ जना ज्येष्ठ नागरिकलाई दोसल्ला, खादा र माला लगाएर सम्मान गरेका थिए। मेयर थापाले ज्येष्ठ नागरिकलाई सम्मान गर्न पाउँदा आफू् निकै गौरभान्वित महशुस गरेको बताए।

मेयर थापाले आफू मेयरमा निर्वाचित भएसँगै नगरवासी खुसी भएको र अव नगरको विकास हुन्छ भन्ने विश्वास सबैमा पलाएकाले सो विश्वासलाई मर्न नदिने बताए। सो कार्यक्रममा धनन्जय गोत्र खुलाल थापा परिवारका करिब तीन सयको सहभागिता रहेको थियो। कार्यक्रम थापा परिवार मध्येका सबैभन्दा ज्येष्ठ नागरिक देवीबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा थापा परिवारका विष्णु थापा र भगवान थापाले पनि बोलेका थिए।