राजपाका कोषाध्यक्ष एमालेमा प्रवेश


 

नेपाल समाचारपत्र
काठमाडौं
निर्वाचन अवरुद्ध पार्न क्रियाशील राष्ट्रिय जनता पार्टी राजपाका कोषाध्यक्ष अनिता यादवसमेत १५ जना आइतबार नेकपा एमालेमा प्रवेश गरेका छन्।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रममा उहाँहरूलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउनुभएको हो। अनिता तराई मधेस लोकतान्त्रिक पार्टीका संस्थापक नेता श्रीकृष्ण यादवकी पत्नी हुनुहुन्छ। यादवको २०६६ साल माघ ८ मा मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा निधन भएपछि अनिता तमलोपामा सक्रिय भई दोस्रो संविधानसभा निर्वाचनमा उम्मेदवार बन्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्ष ओलीले राष्ट्रियता र मुलुकको स्वाभिमानमा आँच पुर्याउने कुनै पनि कुरामा सौदाबाजी गर्न नसकिने बताउनुभएको थियो। उहाँले एमाले वैमनस्यताको अन्त्य गरेर समझदारी र सहकार्यमा सि·ै देशलाई लैजाने देशभक्त पार्टी हो, राष्ट्रिय एकता, मुलुकको हित र स्वाभिमानलाई लाभसँग सौदाबाजी गर्न सकिँदैन भन्नुभयो।

उहाँले तराई मधेसमा एमाले विरोधीहरू नभएको उल्लेख गर्दै थप्नुभयो, ‘तराई मधेसमा एमालेका विरुद्ध अब आरोप लाग्न सक्दैन, हामीविरुद्ध भ्रम छर्ने काम भएको छ, त्यो भ्रमलाई चिर्न जरुरी छ।’ अध्यक्ष ओलीले सरकारको ध्यान संविधान कार्यान्वयन नभई विपरीत कुरामा गएको आरोप लगाउँदै संविधान औचित्यका आधारमा संशोधन गर्न सकिने तर बलजफ्ती देशलाई अहित पार्ने गरी प्रस्ताव आएमा एमालेलाई मान्य हुँदैन भन्नुभयो।