निःशुल्क आँखा शिविर सम्पन्न


 

काठमाडौं, (नेस)
भि–रोथोको आयोजनामा प्रोफेसनल सपोर्ट सर्भिस नेपाल तथा असन कमलाछी टोल सुधार समितिको सहयोगमा जमल, कमलाछी, असनमा शनिबारका दिन निःशुल्क आँखा शिविर तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ।

रोथोले सय वर्ष देखि उत्पादन र मार्केटिङ गर्दै आएको आँखाको औषधि बिगत ४० वर्ष देखि जापानमा पहिलो स्थानमा छ।

१ हजार जनाभन्दा बढीले सो आँखा शिविरमा परीक्षण गराएका थिए। जस मध्ये ८० प्रतिशतमा आँखासम्बन्धी रोग देखिएको चिकित्सकहरूले जानकारी दिए। नेपाल आँखा अस्पतालकी प्रमुख डा. सविना श्रेष्ठको नेतृत्वमा १० जनाले शिविरमा आँखा परीक्षण गरेका थिए।