सिमेन्टको बजार बढ्दै गएको छ

0
Shares

 

अहिले सिमेन्टको बजार अवस्था कस्तो छ ?

अवस्था राम्रै छ किनकी अहिलेको सिजन निर्माणको सिजन हो। भूकम्पपश्चात अहिले पुनर्निर्माणले गति लिएको अवस्था छ, जसले गर्दा नेपालमा जति पनि उत्पादन भइराखेको छ शतप्रतिशत रुपमा सिमेन्ट खपत भइराखेको छ।

बढी उत्पादन भएर बस्नुपर्ने अवस्था छैन। यसको अलावा नयाँ–नयाँ हाइड्रो प्रोजेक्टहरु बन्दैछन्। यसले गर्दा भविष्यमा पनि सिमेन्टको अवस्था राम्रै हुने देखिन्छ। ओभरल प्रोडक्सन भनेको दुई चारवटा सिमेन्टको क्षमताभन्दा बढी हुन आउँछ। नयाँ–नयाँ सिमेन्टहरु आइराखेका छन्।

नेपालमा भविष्यमा पनि सिमेन्ट उद्योगको स्कोप राम्रो छ। नेपाल विकासन्मुख देश पनि भएकोले सिमेन्टले निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ। हालैको बजेटमा पनि सडकलाई प्राथमिकता राखिएको छ।

 

जति मार्केटको माग छ त्यो अनुसार पूर्ति गर्न उद्योगहरुले नसकेको भन्ने गुनासो छ बास्तवमा के हो ?

बजारको जति माग छ, विशेषगरी त्यो ओपीसीमा छ। ओपीसीमा मार्केटको जति डिमान्ड अनुसार शतप्रतिशत पुर्याउन नसकेको हो। अझै पनि भारतीय सिमेन्ट नेपालमा छन्। तर, अब जुन नयाँ प्राजेक्टहरु आउँदैछन्् तिनीहरु फुल क्यापासिटीमा चल्न थालेपछि सायद अबको केही समयपश्चात नेपाल सिमेन्टमा आत्मनिर्भर हुन सक्ने अवस्था छ।

 

नेपालका ठूला परियोजनामा स्वदेशी सिमेन्ट प्रयोग हुन नसक्नुको मुख्य कारण के हुन सक्छन् ?

मुख्य कुरा त गुणस्तरीय सिमेन्ट उत्पादन हुन नसक्नु नै हो।अहिले हेर्नु भयो भने ठूला परियोजनामा पछिल्लो समय नेपाली सिमेन्ट नै प्रयोग भइरहेका छन्। नेपालमा हाम्रो जुन हिसाबले उत्पादन हुनुपर्ने हो किनकी सबैभन्दा पहिले त सिमेन्ट उद्योग शुरु गर्नु भनेको नै ठूलो लगानी हो। गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने उद्योग कम होलान्। आज फुल फ्लेजको सिमेन्ट फ्याक्ट्र«ीको क्लिंकर (सिमेन्ट बनाउन चाहिने कच्चापदार्थ ) पनि हुनुपर्यो ग्रान्डिङ पनि हुनुपर्यो।

 

बाहिरबाट क्लिंकर ल्याएर ग्रान्डिङ युनिट गर्नेहरु त धेरै छन्।कत्तिलाई एनएसले कारबाही पनि गरेको छ।आफ्नै क्लिंकरले उत्पादन गर्ने उद्योग मुश्किलले औंलामा गन्ने जति छन्। ठूलो परियोजनामा त हाइग्रेडको सिमेन्ट चाहिन्छ ठूलो कंक्रिट चाहिन्छ। त्यस्तो उद्योग कम होला। त्यो कारणले पनि बाहिरबाट सिमेन्टको पूर्ति गरिरहेको होलान्। नत्र भने निर्माणको लेभलमा हेर्ने हो भने नेपालको सिमेन्ट राम्रै अवस्थामा छ। तर, हाइ स्टे«न्थको क्यापासिटी दिन सक्ने उद्योग कम भएर होला बाहिरबाट आयात गर्नु परेको ।

 

सिमेन्टलाई ग्रेडिङ गर्न नसक्नुको मुख्य कारण के हो?

नेपाल गुणस्तर चिन्हले त सबै उद्योगलाई समान रुपले व्यवहार गर्नुपर्ने हुन्छ। उसले दुईवटा ग्रेड दिएको छ एउटा ४३ ग्रेड अनि एउटा ५३ गे्रड जसको आआफ्नै स्ट्यान्डर्ड छ। एनएस त गार्डियनको रुपमा हो नि। उसले उद्योगबीच ग्रेडिङ गरेको छैन, प्रोडक्सनमा चाहीँ यो–यो भनेर ग्रेडिङ गरेको छ। सिमेन्ट एउटा ग्रेडिङ गर्यो। त्यसको नमुना हुन्छ। सिमेन्ट एउटा निरन्तर चल्ने प्रक्रिया हो। कुनै नमुनामा कति ग्रेडको होला कुनै नमुनामा कति फरक ग्रेड हुनसक्छ।उत्पादन भएको बेला एउटा नमुना राम्रो अर्को नराम्रो पनि हुन सक्छ।

उत्पादनको बेला कुन सिमेन्टले लाइमस्टोन प्रयोग भएको छ, क्लिकंर उच्च गुणस्तरको छ कि छैन त्यो हरेक स्टेजमा उसले जाँच गरेको हुँदैन। तर, प्रोजेक्टहरुले हरेक वेसमा चेक गरेर मात्र हाल्छन्। यसमा उनीहरुले जसलाई विश्वास हुन्छ र काम गर्ने वातावरण हुन्छ उनीहरुले त्यसलाई लिराखेका हुन्छन्। ब्रान्ड पनि विश्वासयोग्य खोज्छन्। स्ट्यान्डर्ड मापनको केही छैन। लाइमस्टोनलाई तपाईले २५ एमएममा टुक्राउनुभयो अनि जब क्लिंकराइजेसनमा जान्छ त्यसपछि क्वालिटी नापिन्छ। केमिकल फिजिकल दुवै टेस्ट गरेका हुन्छौं।सबै टेस्ट गर्न कम्तीमा ६ देखि ७ घण्टा लाग्छ।

ग्रेडिङ भनेर कसैलाई दिएको छैन। अहिले मार्केटमा धेरैजसो ४३ ग्रेडको सिमेन्ट छन्।४३ भन्दा कम ग्रेडको सिमेन्टलाई एनएसले मान्यता दिँदैन। ४३ ग्रेड स्ट्यान्र्डड क्राइटेरिया हो।५३ ग्रेडको हाइ स्टेन्थको परियोजनामा प्रयोग हुन्छन् अथवा ६३ पनि हुन सक्छ।

बजारमा विभिन्न थरीका सिमेन्ट छन्, सर्वसाधारण अन्योलमा छन्। राम्रो र गुणस्तरीय सिमेन्ट कसरी छान्ने त?

सर्वसाधारणलाई सिमेन्ट कुन राम्रो छ या छैन अझै पनि राम्रो जानकारी छैन। पीपीसी सिमेन्टले ढलान गरेको पनि पाइएको छ। जबकी यो सिमेन्ट ढलान गर्नलाई बनेको सिमेन्ट नै होइन। मान्छेले सबै सिमेन्ट एउटै सिमेन्ट हो भन्ने सोच्छन्। सस्तो होस् वा महंँगो भए पनि फरक पर्दैन भन्ने सोच अझै छ ।

तर, समग्रमा हेर्दा तपाईको घर बनाउनलाई जति खर्च लाग्छ त्यसको ७ प्रतिशत मात्र सिमेन्टमा खर्च लाग्छ। त्यो ७ प्रतिशत राम्रोमा प्रयोग भयो भने समग्र निर्माण नै बलियो बन्छ। कुनै पनि परियोजनामा सिमेन्ट प्रयोग गर्दा खेरी उनीहरुले केमिकल फिजिकल टेस्ट अनिवार्य गराउँछन् गराउनु पर्छ।

 

सर्वसाधारणले पनि सिमेन्ट प्रयोग गर्दा अलिकति चेतनशील हुन जरुरी छ। नेपाली समाजमा ठेकेदारले तथा सिमेन्ट पसलेले जुन राम्रो छ भन्छन् त्यही लिएर जाने चलन छ।त्यसको अलावा तपाईले नेटमा रिभ्यु गर्न सक्नुहुन्छ होला।

 

हामीले त टेक्निकल भ्यान पनि प्रयोग गरेका छौं। उहाँहरुले फोन गरेर बोलाउँदा हामी निर्माण हुँदै गरेको ठाउँमा बिना शुल्क ट्युब बनाएर देखाउँछौं रिपोर्ट नै देखाइदिन्छांै तपाईको सिमेन्टमा यस्तो छ भनेर जुनसुकै सिमेन्टको भए पनि।यस्तो शुरुवात हामीले मात्र गरेका छँंै भविष्यमा अरूले पनि गर्लान्। कतिपय प्रोजेक्टलाई पनि हेरेर गर्नसक्नुपर्छ। टेस्ट गराएर पनि सिमेन्ट लिन सक्नुहुन्छ।

ठेकदारको राय, मार्केट कस्को राम्रो छ त भन्नेबाट पनि थाहा हुन्छ। कुन सिमेन्टले ढलान गर्ने कुन सिमेन्टले प्लास्टर गर्ने त्यो थाहा पाउन जरुरी छ। सिमेन्ट प्रयोग गर्दा खेरी त्यसको मार्केट रिभ्यु कस्तो छ, स्टे«न्थ कस्तो छ त्यो हेरेर गर्दा बेस्ट हुन्छ। कस्तो सामग्री बलियो हुन्छ त्यो छुट्याउन जरुरी छ।

यस्तो सिमेन्ट प्रयोग गर्नुपर्छ भनेर जनचेतना फैलाउन कस्तो कार्यक्रम गर्नुभएको छ?

जनमानसमा एउटा छाप के बसेको छ भने राम्रो सिमेन्ट भनेको उदयपुर वा हेटौंडा भन्ने छन्। प्राइभेन्टमा मारुती, शिवम् भन्ने कन्सेप्ट बनेको छ। त्यो कन्सेप्ट मार्केट रिभ्युबाट बनेको हो। जनचेतनामुलक कार्यक्रम हामीले सञ्चालन गरेका थियौं। निर्माण विज्ञ परामर्श सेवा भनेर।

टोल फ्रि नम्बरमा फोन गर्नुस, टेस्ट पनि गर्दिन्छौं तपाईंको अगाडि देखाइदिन्छौ भनेर एउटा अभियान नै सञ्चालन गरेका थियौं तर एउटा रमाइलो कुरा के रहेछ भने नेपालमा फ्रि अफ कस्टमा कसैले केही पनि दिँदो रहेनछ। मुश्किलले कल आयो होला। हामीले रेगुलर विज्ञापन पनि गरेका थियौं। मान्छे चेतनाको लागि आफैंमा पनि चेतना आउनुपर्ने हुन्छ। केमिकलबारे जानकारी दिने त्यस्तो कार्यक्रम गरेका पनि छौं। कन्जुमरले सिरियस्ली लिएका छैनन्।

क्लिंकरको अवस्था के छ ?

विदेशबाट क्लिंकर ल्याइन्छ। विदेशबाट ल्याउँदा क्लिंकर कुन ग्रेडको छ त्यो तपाईलाई पनि थाहा हुँदैन। जसले बाहिरबाट क्लिंकर ल्याएर बेचिराखेको छ तिनीहरुकोमा एकरुपता नहोला। हाम्रो चाहीँ के छ भने क्लिंकरको लागि चुनढुंगा ल्याउँछँंै त्यसमा भएको माटोलाई पखाल्छौं अनि क्लिंकराइजेसनको प्रोसेसमा लैजानको लागि २५ एमएममा टुक्राउँछँंै। हामी क्वालिटी चेक गछौं।

१४०० डिग्री हामी पोल्छौं। हामीसँग अत्याधुनिक मेसिन छ। ६ देखि ७ घण्टा लाग्ने काम हाम्रो पाँच मिनेटमै हुन्छ। हाम्रो रोटामेसिन छ। हरेक सिमेन्टमा ५० किलो नभरिएसम्म मेसिनले छोड्दैन।मेसिनबाट ट्रली हुँदै सिधैं ट्रकमा लोड हुन्छ जसले गर्दा वातावरण प्रदुषण पनि हुँदैन।

अहिले सिमेन्टको मार्केट रामै्र पाइएको छ तर मूल्यमा उतारचढाव किन आएको होला?

मूल्यमा फरक आउनुको कारण एउटा क्लिंकर हो, प्रोडक्सन, लोडसेडिङ हो। क्लिन्कराजेसन एकचोटी प्रयोग गरेपछि बन्द गर्न मिल्दैन। एकचोटी बन्द गरेपछि फेरि खोल्न धेरै खर्च लागिराखेको हुन्छ। अफ सिजनमा कहिलेकाहीँ उद्योगले घाटा खाएर पनि सप्लाइ गरिराखेको हुन्छ। सिजनमा उनीहरुले मार्केट टे«ेन्ड अनुसार पैसा तोकेको हुन्छ। लोडसेडिङमुक्त भए पनि उद्योगमा केही मात्रामा त त्यसको समस्या छ। त्यो डिजेलबाट उत्पादन गर्नुपर्ने बाध्यता अझै पनि छ। अहिले क्लिंकरको भाउ बढेर धेरै माथि पुगिसकेको छ। उद्योगकै उतारचढाव हो।सिजनमा अलि बढी अफ सिजनमा कम हुन्छ।

भोलिको सिमेन्टको मार्केटको अवस्था कस्तो छ? सिमेन्टको आयु कति रहेको छ? तपाईको प्रोडक्सन कति हुन्छ?

भोलिको दिनमा सिमेन्टको मार्केटको अवस्था उज्यालो छ। बाहिरका राम्रा राम्रा मल्टिनेसनल कम्पनीले पनि यहाँको कम्पनी किन्दैछ राम्रै अवस्था देखेर आएको हो। त्यो सुखद कुराको रुपमा लिनुपर्छ। आज जति पनि सिमेन्ट उत्पादन भइराखेको छ त्यो फुल उत्पादनले पनि नेपालको निर्माण व्यवसायमा पुगिराखेको छैन। बाटोघाटो, हाइड्रोपावर विभिन्न अझै बनाउनु नै छ नेपालमा। कुनै पनि चाहिने सामग्री भयो भने न पूर्वाधार बन्छ।

धेरै सिमेन्ट उद्योग आइसकेपछि ,प्रतिस्पर्धा भएपछि सायद सिमेन्टको मूल्यमा पनि राम्रो होला। कतिपय निर्माण सामग्रीको अभावमा हुन नसकेको अवस्था छ त्यो सबै वातावरणको लागि भविष्यमा राम्रो होला। सिमेन्टको अवस्थासँगै नेपालको पनि अवस्था राम्रो छ। अझै नेपालमा फ्लाइओभर ब्रिज बनेको छैन। सिमेन्ट बन्नु भनेको निर्माण हुनु हो। ठूला परियोजनमा सिमेन्ट प्रयोग हुँदा देश विकासलाई पनि टेवा पुग्छ।

हाम्रो प्रोडक्सन अहिले दैनिक लगभग ४० हजार बोरा। हाम्रो पूर्वमा राम्रो छ पश्चिममा अलि कम पहुँच छ। सिमेन्टको दुईवटा मूल्य हुन्छ। एउटा उद्योगको मूल्य, एउटा भाडाको मूल्य। उद्योगको मूल्य त याथवात नै रहन्छ तर थ्रेट कस्टले यति भूमिका खेलेको हुन्छ कि थे्रस्ट कष्ट बढी भयो भने बजारमा हामीले प्रतिस्पर्धा गर्न सक्दैनौं लोकल लेभल सिमेन्टसँग। ताजा सिमेन्ट पनि हो अर्को कुरा उत्पादन पनि हो। नवलपरासीमा पनि हाम्रो उत्पादन भइराखेको छ पछि हामी पूरै नेपालमा पुग्छौं।

सिमेन्टको आयु त कसैले तोकेको छैन। कस्तो खालको इँटा, पानी, बालुवा प्रयोग गर्नु भएको छ त्यमा पनि भर पर्छ। कस्तो निर्माण गर्नुभएको छ कस्तो संरचना छ त्यसमा भर पर्छ। सिमेन्ट भनेको त बोन्डिङ हो। राम्ररी टाँसिएको छ भने बलियो हुन्छ। सिमेन्टसँत प्रयोग गर्ने सामान पनि राम्रो प्रयोग गर्नु भएको छ त्यो टिकाउ हुन्छ।