घर भत्किँदा आमाछोराको मृत्यु


 

सरिता चलाउने, सल्यान
सल्यानमा घर भत्किँदा आमाछोराको मृत्यु भएको छ। बिहीबार बिहान ८ बजे घर मर्मत गर्ने क्रममा भत्किँदा आमाछोराको ज्यान गएको हो।

छत्रेश्वरी गाउँपालिका वडा न २ डिग्रे निवासी २४ वर्षीया सुशीला घर्ती र निजको १८ महिनाको छोरा टीकाराम घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ। यस्तै घर भत्किँदा रवीन्द्र घर्तीको २१ वर्षीय छोरा खगेन्द्र घर्ती घाइते भएका छन्। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीको भनाइ रहेको छ।

खरको छाना फालेर जस्तापाता हाल्नका लागि तयारी गर्दैगर्दा घरको धुरी बलो भाँचिएपछि आमाछोरा च्यापिएका थिए। मूल बलो भाँचिएपछि तीन तलाको घर ध्वस्त भएको छ।