सोनमसँग रिसाए अमिताभ

0
Shares

 

बलिउड नायिका सोनम कपुरले केही दिनअघि आफ्नो ३२औं जन्मदिन मनाएकी छिन्। उनको जन्मदिनको अवसरमा बलिउडका धेरै सेलिब्रेटीले सोसल मिडियामार्फत् शुभकामना दिए। सोनमले त्यसको रिप्लाई पनि गर्दै गइन्।
तर, उनले यस क्रममा बलिउड महानायक अमिताभ बच्चनको बर्थडे विसेसस भने देखिनन्। त्यस कारण सोनमले उनको बधाई सन्देशको रिप्लाइ नै गरिनन्। जसका कारण उनी बिग बीको रिसको शिकार हुनुपर्यो। अमिताभ एसएमएसमार्फत् पठाएको शुभकामना सन्देशको रिप्लाइ नआएपछि रिसाए।

रिसाउँदै उनले ट्विटरमा ट्विट गरे– ‘अनि मेरोबारेमा के हो? म अमिताभ बच्चन हुँ, माई डियर। मैले एसएमएसमार्फत् तिमीलाई जन्मदिनको बधाई दिएको थिएँ। तिमीले त त्यसको जवाफ पनि दिइनौं।’ अमिताभले आफ्नो ट्विटमा रिसाएको इमोजी पनि राखेका छन्। यसको जवाफमा सोनमले बिग बीसँग माफी माग्दै भनेकी छिन्– ‘हे भगवान् ⁄ सर मलाई मेसेज आएको छैन। म सधैं तपाईंको रिप्लाइ गर्छु। मलाई त जुनियर बच्चन (अमिताभ पुत्र तथा बलिउड नायक अभिषेक बच्चन) को मेसेज आएको थियो। म तपाईसँग माफी माग्न चाहन्छु।’