प्रशिक्षणमा हस्तकला

0
Shares

 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, हस्तकला विभागको आयोजना तथा मोतीदेवी स्मृति केन्द्रको सहकार्यमा ६ दिने हस्तकला प्रशिक्षण कार्यक्रमको पूर्वमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यद्वारा शुभारम्भ गरिएको छ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य एवं हस्तकला विभाग प्रमुख सुषमा राजभण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उनले महिलालाई सीप सिकाउने तथा कलात्मक बनाउने कुरामा प्रज्ञा प्रतिष्ठानको साथ तथा सहयोग रहने बताए। सांसद प्रभा वज्राचार्यले प्रशिक्षार्थीहरु अनुशासित भई काम सिकेर आत्मनिर्भर हुनेमा विश्वास व्यक्त गरिन् भने प्रशिक्षक नीलम ताम्राकारले प्रशिक्षणले स्थानीय उत्पादनलाई प्रवद्र्धन एवं बिक्री गरेर आय–आर्जन गरी आर्थिक क्रान्तिलाई सहयोग गर्ने बताइन्। प्राज्ञ सभा सदस्य मिथिलादेवी यादवले आफूले सीप सिकेर स्वरोजगार बनी आय–आर्जन गर्न सकेको अनुभव सुनाइन्। ६ दिनसम्म चल्ने तथा प्रशिक्षणमा १२ जना महिला सहभागी छन्।