साउदीमा सय रियाल लेभी तिर्नुपर्ने

0
Shares

 

काठमाडौं, (नेस)
आगामी जुलाईबाट कार्यान्वयन हुने गरी साउदी अरेबीयाले आप्रवासी कामदारबाट मासिक १ सय रियाल लेभी उठाउने निर्णय गरेको छ। आप्रवासी काम गर्ने कम्पनीका माध्यमबाट मासिक २ सय रियाल उठाउँदै आएको साउदी सरकारले कामदारबाटै लेभी उठाउने निर्णय गरेको हो।

आप्रवासी कामदारबाट लेभी उठाउने भएपछि नेपाली कामदारले पनि साउदी सरकारलाई लेभी बुझाउनुपर्ने भएको हो। साउदी सरकारले राजस्वमा घाटा भएको भन्दै प्रवासी तथा आश्रित कामदारलाई नयाँ कर प्रणाली लागू गर्ने नियम ल्याएको हो। साउदी अरबमा तेलको मूल्यमा गिरावट आएपछि आम्दानीको स्रोत वृद्धि गर्ने उपायका रूपमा लेभी वृद्धिलाई लिइएको छ। जुलाई १ तारिखदेखि लागू हुने नयाँ शुल्क प्रतिमहिना साउदी दिराम ९७ दशमलब ९३ ले वृद्धि हुनेछ। लेभी रकम सन् २०२० सम्ममा दोब्बर हुने बताईएको छ। लेभी रकम सन् २०१९ मा ३०० रियल र सन् २०२० मा ४०० रियल पुग्नेछ।

सरकारले उठाउने लेभी कामदारको श्रीमती तथा १८ वर्षभन्दा कम उमेरका सन्तानको हकमा भने लागू हुनेछैन। सरकारलाई बुझाइएको प्रतिवेदनअनुसार उठाइएको लेभीले साउदीमा व्यवसाय गर्नेको लागतमा वृद्धि गर्न सक्नेछ। साउदी सरकारले आय र रेमिट्यान्स ट्याक्स उठाउने प्रस्तावमा भने निर्णय गर्न बाँकी छ।