छोरीप्रतिको भेद्भावविरुद्ध भिडियो

0
Shares

गायिका पुनम देभान्सी कर्णप्रिय गीतका साथ प्रस्तुत भएकी छन्। गायिका देभान्सीद्वारा स्वरबद्ध म हुँ निश्चल कोपिला बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको हो।

नेपाली समाजमा छोरीलाई गरिने भेद्भाव तथा समाजको कुरीतिपूर्ण व्यवहारलाई यथार्थपरक शब्द र त्यस्तै संगीत र स्वरमा तयार पारिएको छ भने मार्मिक ढंगले म्युजिक भिडियोमा उतारिएको छ। गीतको म्युजिक भिडियो निर्देशक शिव शर्माले तयार पारेका छन्। गायिका देभान्सीकै शब्द र संगीत रहेको गीतमा माथुर महर्जनको समेत संगीत छ।

यसको म्युजिक भिडियोमा आरके मानन्धर, कविता शर्मा, सूर्य चन्द, गीता नेपाल, चक्रध्वज भण्डारीले अभिनय गरेका छन्। भिडियोमा बाल कलाकारमा सरुजा केसी, ग्रेसी रायमाझी, शृंखला कार्की, एन्जल शाही, सुनैना घिमिरे, यश्वशी थापा र श्रेया परियारले पनि अभिनय गरेका छन्। सिद्दिका फिल्मद्वारा निर्मित म्युजिक भिडियो प्रवेश पोखरेल खिचेका छन्।