बावु छोराको अध्यक्षमा जुहारी


सलिम अन्सारी, प्यूठान
आगामी १४ असारमा हुन लागेको दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा प्यूठानका बिभिन्न स्थानीय तहहरुमा परिवारका सदस्य र आफन्तहरु फरक फरक दलहरुवाट चुनावी प्रतिस्पर्धामा उत्रीएका छन । एउटै परिवारका सदस्य तथा आफन्तहरु पद पाउनकै लागि फरक फरक राजनितीक दलबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन ।

जिल्लाको प्यूठान नगरपालिका वार्ड नम्वर ९ मरन्ठानामा बाबु छोरा नै फरक फरक दलबाट अध्यक्षका उम्मेद्धवार बनेका छन । बुवा भरत बहादुर केसी नेपाली काँग्रेसबाट वार्ड अध्यक्षका प्रत्यासी हुन भने छोरा बाचुन केसी राष्टिय प्रजातन्त्र पार्टिबाट अध्यक्ष कै पदका लागी उम्मेद्धवार भएर चुनावी मैदानमा उत्रिएका छन । उनीहरु बावुछोरा हुन । भरत २०५२ साल देखी नेपाली काग्रेसको राजनीतिमा सक्रिय छन । बाबुछोरा एउटै वडाबाट निर्वाचनमा होमिएपछि मतदाताहरुमा ब्यापक चर्चा छ ।

भरत पुराना र परिपक्व नेता मानिन्छन । ६४ बर्षीया केसी ०४३ को पञ्चायतकालमा समेत तत्तकालिन मरन्ठाना गाबिसको राप्रपा बाट उपप्रधानमा बिजयी जनप्रतिनिधी हुन भने २०४९ सालको स्थानीय निकाय निर्बाचनमा राप्रपाबाट गाबिस अध्यक्षमा उठेका उनलाइ राजमोले पराजित गरेको थियो । स्कुले जीवन देखि राजनीति क्षेत्रमा लागेका भरतका जेठो छोरा बाचुन पार्टीका जिल्ला सदस्य र महाधिबेशन प्रतिनिधी समेत हुन। उनि पुर्व राज्य मन्त्री र मन्त्रीका स्वकिय सचिव समेत भए ।

४० बर्षिया बाचुनले राजनीतिक आस्थालाइ लिएर परिवारवीच मनमुटाव गर्न नहुने प्रतिक्रीया दिए। म आफनो प्रचारमा छु,बुवा आफनै प्रचारमा हुनुहुन्छ। बाचुनले भने राजनितीक प्रतशोध छैन प्रतिस्पर्धा छ। सहमती गरेर अघि बढने प्रयास भएपनि कुरा नमिलेपछि दुवैको उम्मेद्धवारी घोषणा भएको हो । पार्टी र बिचार नै फरक भएपछि एकै परिवारका बाबुछोरा चुनावी प्रतिसपर्धामा जानु अनौठो कुरा नभएको अध्यक्षका प्रत्यासी बुवा भरत बहादुर केसीले बताउनुभयो ।

त्यस्तै,सरुमारानी गाउँपालिका वडा नम्वर ४ ढुगेँगदीबाट नेपाली काग्रेसबाट अध्यक्षका प्रत्यासी कुलराज सोमै र उनका भाइ चिन्त बहादुर सोमै यसै गाउँपालिकाको नेकपा एमालेबाट अध्यक्ष पद मै प्रतिस्पर्धा गर्दै छन । यनिहरु नाताले दाजुभाइ हुन । दुवैले आ आफुले जित्ने दावीका साथ मत माग्न गाउँ निस्किएका छन ।

एउटै स्थानीय तह र एउटै पद भएपछि परिवारका सदस्यलाइ चुनावी प्रचारमा जान समस्या परेका छ । सोही गाउँपालिका कै वार्ड नम्वर १ मा पनि एकै घरका दुइ दाजुभाइ फरक फरक दलबाट वडा सदस्य पदका लागि चुनावी मैदानमा छन । सरुमारानी गाउँ पालिका स्थित वडा नँ १ बाँगेसालबाट वडा सदस्यमा नेकपा एमालेबाट भाइ जितमान मियाँ उम्मेद्धवार बनेका छन भने नेपाली काग्रेसबाट सोही पदमा दाजु जिवराइल मियाँ उम्मेद्धवार बनेका छन ।

एउटै पदमा एकै परिवारबाट दुइ फरक दलबाट उम्मेद्धवार उठे पनि कुनै घरायसी समस्या नभएको जितमान मियाँ बताउनुहुन्छ। एउटै परिवारका सदस्य फरक फरक दलबाट उम्मेद्धवार बनेपछि दललाइ मत दिने की ब्यातmीलाइ मत दिने भन्नेमा स्थानीय मतदाताहरु अन्योलमा परेका छन। मियाँका कान्छा भाइ बसिर मियाले एकाघरकै दुइ दाजु चुनावमा उठेपछि उनले आफनो घरमा भएका दुइ भोट दुइभाइलाइ बाडने सोच बनाएको बताएका छन। प्यूठानमा २ नगरपालिका सहित ९ स्थानीय तह कायम गरिएको छ ।