गुल्मीमा कसले मार्ला बाजी ?


अनिल खत्री, गुल्मी
दोस्रो चरणको स्थानीय निकायको निर्वाचन नजिकिएसँगै गुल्मीका राजनीतिक दलहरू उम्मेदवार छान्ने दौडधुपमा लागेका छन्। जिल्लामा रहेका २ नगरपालिका र १० गाउँपालिकाका लागि जिल्लाका तीन ठूला दलले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गरेका छन्। केही दिन पहिले विभिन्न पार्टीबीच चुनावी तालमेलको हल्ला चले पनि जिल्लामा तीन ठूला दलले एक्लाएक्लै चुनाव लड्ने भएका छन्।
नेपाली कांग्रेस
कांग्रेस गुल्मीले दिएको जानकारीअनुसार केही स्थानीय तहमा उम्मेदवार टुंग्याइएको छ। जसअनुसार प्रमुख पदमा छनोट भएकाको विवरण यस्तो छः
रेसु·ा नगरपालिका – (जिल्लामा विवाद भएपछि केन्द्रलाई जिम्मा)
मुसिकोट नगरपालिका – कृष्णहरि सापकोटा
मालिका गाउँपालिका – ज्ञानबहादुर कार्की
मदाने गाउँपालिका – महेन्द्र कुँवर
धुर्कोट गाउँपालिका – महेन्द्र भण्डारी
इश्मा गाउँपालिका – चन्द्रबहादुर महत
गुल्मी दरबार गाउँपालिका – अशोक थापा
छत्रकोट गाउँपालिका – अनन्तराम पौडेल
रूरू गाउँपालिका – तालमेलका लागि छलफल भइरहेको
सत्यवती गाउँपालिका – पारिश्वर ढकाल
कालिगण्डगी गाउँपालिका – वेद मगर
चन्द्रकोट गाउँपालिका – द्रोण खत्री

नेकपा एमाले
एमालेका पार्टी जिल्ला प्रचार विभाग प्रमुख गणेश श्रीपालीले दिएको जानकारीअनुसार एमालेले निम्नअुनसार उम्मेदवार छनोट गरेको छः
रेसु·ा नगरपालिका – डिल्लीराज भुसाल
मुसिकोट नगरपालिका – सोमनाथ सापकोटा (पार्टी सचिव)
मालिका गाउँपालिका – रितबहादुर थापा
मदाने गाउँपालिका – दानबहादुर केसी
धुर्कोट गाउँपालिका – कृष्ण घिमिरे
इश्मा गाउँपालिका – लक्ष्मण विष्ट
गुल्मी दरबार गाउँपालिका – कृष्ण भुसाल
छत्रकोट गाउँपालिका – मधुकृष्ण पन्थ (पार्टी कार्यवाहक अध्यक्ष)
रूरू गाउँपालिका – नीलकण्ठ गौतम
सत्यवती गाउापालिका – अमरबहादुर सिञ्जापती मगर
कालिगण्डकी गाउँपालिका – टीकाराम ढकाल
चन्द्रकोट गाउँपालिका – मिमलाल श्रेष्ठ
नेकपा माओवादी केन्द्र
पार्टी संयोजक वीरबहादुर कार्कीले दिएको जानकारीअनुसार निम्न स्थानीय तहमा निम्न उम्मेदवारहरु छनोट गरिएका छन्ः
रेसु·ा नगरपालिका – धर्म विश्वकर्मा
मुसिकोट नगरपालिका – खुमबहादुर थापा
धुर्कोट गाउँपालिका – भूपाल पोखरेल (केन्द्रीय सदस्य)
गुल्मी दरबार गाउँपालिका – पुनाराम ज्ञवाली
छत्रकोट गाउँपालिका – रामप्रसाद पाण्डे
रूरू गाउँपालिका – यदु ज्ञवाली
सत्यवती गाउँपालिका – पूर्णबहादुर राना
कालिगण्डकी गाउँपालिका – ओमप्रकाश न्यौपाने
चन्द्रकोट गाउँपालिका – युवराज केसी (केन्द्रीय सदस्य)
मदाने गाउँपालिका – बेगमचन्द बोहरा
मालिका गाउँपालिका – देवीराम अर्याल (केन्द्रीय सदस्य)
इश्मा गाउँपालिका – विमला थापा

नयाँ शक्ति पार्टीबाट
नयाँ शक्तिपार्टी गुल्मीले पनि जिल्लाका केही स्थानीय तहका उम्मेदवारहरूको टुंगो लगाएको छ। पार्टीका जिल्ला सचिवालय संयोजक जनक पन्थले दिएको जानकारीअनुसार ४ स्थानीय तहका उम्मेदवारहरु टुंगो लगाइएको छ।
छनोट भएका गाउँपालिकामध्ये चन्द्रकोट गाउँपालिकाको प्रमुखमा तेजेन्द्र थापा, छत्रकोट गाउँपालिकाको प्रमुखमा जनक पन्त, धुर्कोट गाउँपालिका प्रमुखमा चन्द्रबहादुर विक, रेसु·ा नगरपालिकाको प्रमुखमा पदमबहादुर खत्री (श्याम) लाई उम्मेदवार छनोट गरिएको छ। जिल्लामा अरू दलले छनोट गर्दै गरेको बताइएको छ।