थाइराइड दिवसमा जनचेतना


काठमाडौं, (नेस)
विश्व थाइराइड दिवसको उपलक्ष्यमा राजधानीको चावहिलस्थित ओम अस्पतालको आयोजनामा बिहीबार राजधानीमा जनचेतनामूलक र्याली निकालियो। अस्पताल परिसरबाट निकालिएको र्याली चावहिलचोक, मित्रपार्क, जयवागेश्वरी, सिफल, चावहिल गणेशस्थान हुँदै पुनः अस्पतालमै आएर सभामा परिणत भएको थियो।

सभालाई सम्बोधन गर्दै ओम अस्पतालका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले भयावह रूप लिइरहेको थाइराइड रोगका बारेमा समाजलाई यथार्थ जानकारी दिने उद्देश्यसहित सामाजिक उत्तरदायित्वअन्तर्गत जनचेतनामूलक र्याली आयोजना गरिएको बताउनुभयो। थाइराइड रोग विशेषज्ञ डाक्टर बजर·कुमार रौनियारले समयमै उपचार गरिए थाइराइड निको हुने अन्यथा यसले कालान्तरमा दीर्घकालीन समस्या ल्याउन सक्ने जानकारी दिनुभयो।

र्यालीमा अस्पतालका चिकित्सक, नर्ससहित विभिन्न विभागका कर्मचारीको सहभागिता रहेको थियो। यसैबीच विश्व थाइराइड दिवसको उपलक्ष्यमा ओम अस्पतालले विशेष छुटसहित बिरामीलाई सेवा उपलब्ध गराएको छ।