प्रचण्ड–मोदी फोन वार्ता


काठमाडौं, (नेस)
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्थानीय तहको चुनाव सफलतापूर्वक सम्पन्न भएको खुसी व्यक्त गर्नुभएको छ।

उहाँले स्थानीय चुनावपछि नेपाल विकासको बाटोमा अघि बढ्ने विश्वास पनि व्यक्त गर्नुभयो।

बिहीबार साँझ प्रधानमन्त्री प्रचण्डसँग भएको टेलिफोन वार्तामा मोदीले स्थानीय तहको निर्वाचन सफल भएकोमा प्रधानमन्त्री प्रचण्डलाई बधाई दिनुहुँदै नेपाल अब शान्ति र स्थायित्वको दिशामा अघि बढ्ने विश्वाससमेत व्यक्त गर्नुभयो।