जसले दिदीलाई हराइन्


सन्तोष अधिकारी, गोरखा
भनिन्छ ‘सन्तान थरीथरीका’। त्यस्तै भएको छ, शुलिकोट गाउँपालिकामा। शुलिकोट गाउँपालिका वडा नम्बर ३ मा दाजुभाइका छोरीहरू दिदी कृष्णकुमारी गुरुङ र बहिनी सनमाया गुरुङ एउटै पदमा स्थानीय तहको निर्वाचनमा फरक–फरक पार्टीबाट चुनाव लडे।

कृष्ण सनमायाको ठुलो बुबाको छोरी हुन्। चुनावमा बहिनीले दिदीले हराइन्। दिदी कृष्ण एमालेबाट र बहिनी सनमाया शुलिकोट गाउँपालिकाको उपप्रमुख पदका लागि चुनावमा भिडेका थिए।

मनोनयन गरेको दिनदेखि सनमायालाई दिदी परिवारका अन्य सदस्यले उम्मेदवारी फिर्ता गर्न चर्कै दबाब दिएका थिए।

‘मलाई अहिलेसम्मकै चर्काे दबाब नै त्यही थियो होला’ सनमायाले टेलिफोन सम्पर्कमा भनिन्–‘गाउँका अरु दिदीबहिनी, दाजुभाइ, काका बाहरूलेसमेत माओवादीबाट उम्मेदवार नबन दिदी एमालेबाट उपाध्यक्षमा नै चुनाव लड्दै छ। तँ के भाको।

दिदीलाई भोट माग्दै प्रचारमा हिँड्नुपर्ने मान्छे आफैँ दिदीको विरुद्ध चुनाव लड्ने ? भनेर सम्झाउन खोजे तर मैले माओवादीबाट उम्मेदवार दिई सकेकाले धोका दिन हुँदैन भन्ने बुझेँ।’

हुन पनि उनले दिदीलाई भारी मतान्तरले पछि पारिन्। सनमायाले ४५०१ मत प्राप्त गरिन् भने कृष्णले ९४३ मत मात्र प्राप्त गरिन्। सनमायाँको गाउँ माओवादीको युद्धकालीन आधार इलाकासमेत हो। सुलिकोट गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै माओवादी केन्द्रले भारी बहुमतले जितेको छ।