जिप दुर्घटनामा १४ जना घाइते, ३ गम्भीर


विनोद विष्ट,बैतडी ।
बैतडीको दशरथचन्द राजमार्गमा सोमवार साँझ जिप दुर्घटना हुदाँ १४ जना घाइते भएका छन् ।

घाइतेमध्य ३ जनाको अवस्था गम्भीर रहेको छ ।

गम्भीर घाईते हुनेहरुमा बैतडीको सुर्नया गाउँपालिका ८ सिखरपुरका ३२ बर्षिय धनी राम लुहार सोही ठाँउका २२ बर्षिय इन्द्रराम लोहार र बल्देब बिक रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक हेरम्व शर्माले जानकारी दिनुभयो ।

घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसक्दा थप उपचारका लागी कैलाली लगिएकोे उहाँले बताउनुभयो । अन्यको अवस्था त्यती नाजुक नरहेको उनिहरुको जिल्ला अस्पताल बैतडीमै उपचार गराईएको बताइएको छ ।

बैतडीको खोडपे बाट सदरमुकाम गोठलापानीका लागी छुटेको से १ ज २४५ नम्बरको जिप सोमबार साँझ ७ बजे दशरथचन्द राजमार्गको दशरथचन्द नगरपालिका ४ छेला नजिक दुर्घटनामा परेकोे हो ।

जिप चालक दशरथचन्द नगरपालिका २ का आनन्द बोहरालाई प्रहरीले नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।