काठमाडौँ, ८ जेठ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको प्रमुखमा नेकपा ९एमाले०का उद्धव खरेल विजयी हुनुभएको छ ।
खरेलले १३ हजार २४८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजु श्रेष्ठले आठ हजार ९२७ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।
उपप्रमुखमा एमालेकै रमा राई विजयी हुनुभएको छ । उहाँले १३ हजार १८८ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी शुभद्रा खड्काले ९ हजार ७६८ मत प्राप्त गर्नुभएको छ । रासस
प्रतिक्रिया