सहमति पछि पोखरा लेखनाथ महानगरपालिकाको मतगणना सुरु


पोखरा (नेस) ।

मतपत्रमा ठूलो आकारको स्वस्तिक छाप लागेको भेटिएपछि विवाद उत्पन्न भइ मतगणना रोकिएको पोखरा लेखनाथ महानगरपालिकाको मत गणना १ बजेबाट सुरु भएको छ ।

मुख्य विवाद भएको पोखरा लेखनाथ महानगरपालिकाको वडा नं १७ को मुचुल्का खोजेर पछि मतगणना गर्ने र अरु वडाको मतगणनालाई निरन्तरता दिने सोमबार बिहान बसेकोे सर्वदलीय बैठकमा सहमति भएको हाम्रा सहकर्मी धन बस्नेतले जानकारी दिनुभयो ।

सहमति अनुरुप  वडा नं १६, १८ र १९ मतगणना सुरु भएको बताइएको छ ।