विरायतन संस्था नेपालमा पनि


नेपाल समाचारपत्र
काठमाडौं
सेवा, शिक्षा तथा साधनाको मूल उद्देश्यसहित भारतलगायत विश्वका १५ देशमा सञ्जाल फैलिएको विरातन नामक संस्था नेपालमा पनि स्थापना भएको छ।

‘विरातन नेपाल’ नामक गैरनाफामुखी अन्तर्राष्ट्रिय संस्थाको शनिबार एक समारोहका बीच परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गर्नुभयो।

विरायतन अन्तर्राष्ट्रिय संस्थाका संस्थापक आचार्य चन्दनाज्यूको समुपस्थितिमा उद्घाटित उक्त संस्थाले विश्वका १५ वटाभन्दा बढी देशमा विपन्न तथा पीछडिएका वर्गका बच्चाहरूलाई लक्षित गरी विद्यालय तथा कलेजहरू सञ्चालन गर्दै आइरहेको छ।

दुई वर्षअघि नेपालमा आएको विनाशकारी भूकम्पबाट प्रभावित बच्चाहरूलाई खाने बस्ने तथा उचित शिक्षाको प्रबन्ध मिलाउन विरातन नेपालको स्थापना भएको बताइएको छ। संस्थाले महिलालाई व्यवसायिक तालिम तथा सीप विकासको कार्यक्रमसमेत सञ्चालन गर्ने जनाएको छ।

उक्त कार्यक्रममा नेपाल केसरी सन्त मणिभद्रजी तथा समणी निर्देशिका चारित्र प्रज्ञाले शुभकामना व्यक्त गर्नुभएको थियो। संस्थाको अध्यक्ष बच्छराज तातेड रहनुभएको छ।