प्रधानसेनापति भेटघाटमा व्यस्त


नेपाल समाचारपत्र
काठमाडौं
संयुक्त राज्य अमेरिकाको अमेरिकी सेना प्रशान्त क्षेत्रीय कमान्डअन्तर्गत अमेरिकी सेनाको प्यासिफिक कमान्डको निमन्त्रणामा अमेरिका भ्रमणमा रहनुभएका प्रधानसेनापति राजेन्द्र क्षत्री उच्चस्तरीय भेटघाटमा व्यस्त रहनुभएको छ।

भ्रमणको क्रममा अमेरिकी सेनाको प्यासिफिक कमान्डका जनरल रोर्वो बी ब्राउनसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। उक्त भेटवार्ताको क्रममा संयुक्त राज्य अमेरिका र नेपालको सैनिक सम्बन्ध, आपसी सद्भाव र विश्वास विकसित हुँदै आएको विषयमा छलफल भएको थियो। भेटघाटकै क्रममा प्रधानसेनापति अमेरिकी सेनाको २५ इनफेन्ट्री डिभिजनलगायत विभिन्न सैनिक इकाइहरूको अवलोकन गर्नुभएको थियो।