सिन्धुलीका दुधौलीमा एमाले, सुनकोसी गाउँपालिकामा माओवादी विजयी


सिन्धुली, ५ जेठ । सिन्धुलीका दुधौली नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा ९एमाले० विजयी भएका छन् ।

एमालेका घनश्याम राउतले आठ हजार ५९८ मत प्राप्त गरी प्रमुखमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दिनेश अधिकारी दनुवारले आठ हजार २२३ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै उपप्रमुखमा एमालेकै बालकुमारी अधिकारी दनुवारले आठ हजार ७४० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका चेतनारायण अधिकारीले आठ हजार २१४ मत प्राप्त गर्नुभएको थियो ।

दुधौली नगरपालिकामा १४ वडामध्ये वडा नं १ मा गोविन्द पहाडी, ५ मा चन्द्रकिशोर थारु, ७ मा कुमार बस्नेत र १३ मा मिलन सुनुवार काँग्रेसको प्यानल विजयी भइसकेकोे छ ।

वडा नं २ मा रतेश राउत, ३ मा साने धामी, ४ मा दुर्गा राउत, ८ मा मोहनचन्द्र दाहाल, १२ मा बाघसिंह पाख्रिन र १४ मा एमालेका लीलाबहादुर थापाको प्यानल विजयी भएको छ ।

वडा नं ६ मा लालबहादुर घिसिङ, ९ मा देवप्रसाद अधिकारी, १० मा दुर्गाबहादुर देवकोटा र ११ मा कुमार लामा माओवादी केन्द्र विजयी भएको दुधौली नगरपालिकाका निर्वाचन अधिकृत नुरहरि खतिवडाले जानकारी दिनुभयो ।

यस्तै सुनकोसी गाउँपालिकामा अध्यक्ष नेकपा ९माओवादी केन्द्र०का दीपा बोहोराले तीन हजार ४३३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका कपिल कोइरालाले तीन हजार २१२ मत प्राप्त गर्नुभएको थियो ।

उपाध्यक्षमा पनि माओवादी केन्द्रकै दीर्घसिंह मोक्तानले तीन हजार ४५४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका शान्ता कार्कीले तीन हजार २६८ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै सुनकोसी गाउँपालिकाका ७ वडामध्ये नेपाली काँग्रेसले दुईवटा वडा, एमालेले तीनवटा वडा र माओवादी केन्द्र दुई वडामा विजयी भएका छन् ।

वडा नं १ मा काँग्रेसका विमलमान मोक्तान, वडा नं ३ मा पनि काँग्रसकै रामचन्द्र आचार्यको प्यानल विजयी भएको छ भने वडा नं २ मा एमालेका भोजकुमार सिंजाली, वडा नं ४ मा एमालेकै शङ्कर जर्गामगर र वडा नं ६ मा पनि एमालेकै लक्ष्मीप्रसाद तिमल्सिनाको प्यानल विजयी भएका छन् ।

त्यस्तै वडा नं ५ मा माओवादी केन्द्रका सन्तोष ढकाल, वडा नं ७ मा सोहि पार्टीका लालबहादुर गोलेको प्यानल विजयी भएको सुनकोसी गाउँपालिकाका निर्वाचन अधिकृत किरण रुपाखेतीले जानकारी दिनुभयो । रासस