चाँगुनारायण नगरपालिका वडा नं २ मा एक खुला सदस्यबाहेक सबैमा काँग्रेस विजयी भएको छ । खुला सदस्यमा भने एमालेले जितेको छ ।
वडा अध्यक्षमा काँग्रेसका शिवहरि केसीले ८३७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका मनोज केसीले ७७७ र राप्रपाका सन्तोष केसीले ५२५ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै महिला वडा सदस्यमा कल्पनादेवी सुवाल, दलित महिला सदस्यमा रेखादुलाल अच्छामिर र खुला सदस्यमा सोमप्रसाद प्रधान विजयी हुनुभएको छ । यस्तै अर्को खुला सदस्यमा एमालेका मोहन पोखरेल विजयी हुनुभएको छ । रासस
प्रतिक्रिया