३२८५ प्रतिनिधि निर्वाचित


काठमाडौं, (नेस)
वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनबाट ३ हजार २ सय ८५ प्रतिनिधि निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ। आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेईओसी) बाट प्राप्त जानकारीअनुसार, बिहीबार बिहान १० बजेसम्ममा ९४ स्थानीय तहको मतगणना कार्य समाप्त भई उम्मेदवारहरूको विवरण प्राप्त भएको छ।

पछिल्लो विवरणअनुसार नगरप्रमुख वा अध्यक्ष ९४, उपाध्यक्ष÷उपप्रमुख ९४, वडाध्यक्ष ७ सय ७८, वडा सदस्य १ हजार १ सय ८२, महिला सदस्य ५ सय ९५ र दलित महिला सदस्य ५ सय ४२ निर्वाचित भइसकेका छन्।