पिकासोको एउटै पेन्टिङ साढे ४ करोड डलरमा लिलाम


न्युयोर्क, (एजेन्सी)
विख्यात चित्रकार पाब्लो पिकासोको एउटा चर्चित पेन्टिङ न्युयोर्कको एक लिलाममा ४ करोड ५० लाख डलरमा विक्री भएको छ।

‘सिटेड विमेन इन ब्लु डे«स’ नामको उक्त पिकासोको पेन्टिङ उनका थुप्रै प्रेमिकामध्येका एक डोना मारको हो। दोस्रो विश्व युद्धका क्रममा नाजीले उक्त पेन्टिङ कब्जामा लिएका थिए। तर पेरिसबाट मोराविया लग्दै गर्दा फ्रान्सेली सैनिकले यसलाई पुनः नियन्त्रणमा लिएका थिए।

सन् २०१५ मा पिकासोको एक पेन्टिङ विमेन अफ अल्जियर्सलाई लिलामघर हाउस अफ क्रिसीले लिलाम गरेका थिए। उक्त पेन्टिङ १७ करोड ९० लाख अमेरिकी डलरमा विक्री भएर कीर्तिमान कायम गरेको थियो।

‘सिटेड विमेन इन ब्लु ड्रेस’ एक अमेरिकी संग्रहकर्ताले खरिद गरेको छ। ६ वर्षअगाडि यो पेन्टिङ २ करोड ६० लाखमा विक्री भएको थियो।

डोरा मार र पिकासोको नजिकको सम्बन्ध करिब ९ वर्षसम्म चलेको थियो। पिकासोले सन् १९३९ मा डोराको यो तस्वीर बनाएका थिए।

त्यतिबेला पिकासो ५८ वर्षका थिए भने डोरा ३१। पिकासोले उक्त चित्र अर्ध प्रौढ अवस्थामा बनाएका तस्वीरमध्येका एक हुन्, जसमा प्रायः प्रेम र चाहनाको भावनाले ओतप्रोत हुने गथ्र्यो।