ढुक्क भएर मतदान गर्नुसः उपप्रधान तथा गृहमन्त्री


काठमाडौं । भोली हुने स्थानीय तहको निर्वाचनमा झण्डै ६३ हजार सुरक्षार्मी परिचालित हुने भएको छ । ३ र ४ र ६ प्रदेशमा हुन लागिएको निर्वाचनमा २ हजार ५ सय ७५ नेपाल प्रहरी,१७ हजार ३ सय ५६ शसस्त्र , ३ सय ८३ राष्ट्रिय अनुशन्धान विभागका कर्मचारी र २२ हजार ६ सय २ म्यादी प्रहरी परिचालन हुने भएको छ । उप प्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले भोलि हुने स्थानीय तह निर्वाचनको सुरक्षाको अवस्थाबारे जानकारी गराउदै ढुक्क भएर मतदान गर्न सबै मतदातालाई आग्रह गर्नुभयो । उहाले सुरक्षाको सम्पूर्ण व्यवस्था मिलाएको जानकारी गराउदै सबै मतदातालाई आफ्नो मताधिकार प्रहयोग गर्न समेत आग्रह गर्नुभयो । दिउसो पत्रकार सम्मेलन गरेर उहाले आवश्यकता अनुसार थप ५ हजार फोसं तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।

उहाले सुरक्षाको लागि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना रहने जानकारी दिनुभयो । मतदानको समयमा हवाई र पैदल र हाइ प्वाइन्ट ड्युटीको व्यवस्था समेत गरेको जानकारी दिनुभयो ।