ठाउँ–ठाउँमा बिष्फोटक पदार्थ डिस्पोज


नेपाल समाचारपत्र, काठमाडौैं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ खड्काटोल स्थित गोल्माथान सुनखानी जाने कच्ची सडक खण्डमा शुक्रबार फेला परेको विस्फोटक पदार्थ सकेट नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

उक्त ठाउँमा बम जस्तो देखिने बस्तुलाई ढुङगा र बालुवाले थिचेर सेफ्टीफ्युज जस्तो देखिने कालो र रातो तार देखाई त्यसमाथि सेतो कागजमा ‘यहाँ खतरा छ’ भन्ने लेखेको छ खबर प्राप्त हुनासाथ खटि गएको ईलाका प्रहरी कार्यालय मेलम्चीको प्रहरी र नेपाली सेनाको टोलीले डिस्पोज गर्ने क्रममा उक्त बस्तु सकेटमात्र रहेको खुल्न आएको थियो ।

त्यस्तै स्याङ्जाको गल्याङ नगरपालिका–११ तुल्सीभङज्याङ मोडकिल्लास्थित नेपाली काङग्रेसको तर्फबाट मेयरका उमेदवार रहेका लालगोपाल अर्यालको घरको पिढीमा शुक्रबार फेला परेको हातले बनाएको सुतली बम जस्तो देखिने बिस्फोटक पदार्थ नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।