महोत्तरीमा एकिकरण संगै विरोध र्याली


लक्ष्मी कुमार साह, महोत्तरी ।
राष्ट्रिय जनता पार्टीका नेता तथा कार्यकर्ताहरुले महोत्तरीमा एकिकरणसंगै विरोध र्याली निकालेको छ ।

शुक्रबार जिल्ला सदरकमुकाम जलेश्वर स्थित जिल्ला समन्वय समितिको सभाकक्षमा राजपाले पार्टी एकिकरण गरेको हो । एकिकरण पश्चात राजपाले पुर्व निर्धारित कार्यक्रम अनुसार रया्ली निकाली नगरपरिक्रमा गर्दै संविधान संसोधन गर्न दवाव दिएको छ ।
सयौको संख्यामा निकालिएको सो र्यलाीले संसोधन विनाको चुनावमा जुनसुकै हालतमा पनि भाग नलिने भन्दै नारा लगाएको थियो । राजपाका कार्यक्रमलाई ध्यानमा राखी ठूलो संख्यामा प्रहरी र म्यादी प्रहरी समेत परिचालन गरिएको छ ।

राजपाको कार्यक्रमलाई अझ सशक्त बनाउनका लागि राजपाले जेष्ठ १ गतेसम्म आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका कार्यक्रम अन्तर्गत जलेश्वरमा विरोध रयाली निकालेको हो । नगरपालिका चौकमा सांसद विजय सिंहले कोण सभाको सम्बोधन गर्दै समापन गरेका थिए ।
सतापक्ष कांग्रेस र माओवादी केन्द्रले आफूहरुसँग गरेको तीन बुँदे सहमति पालना नगरेकोले आफूहरुले पहिलो चरणको स्थानीय तह निर्वाचनको मुखैमा आज राजपाले घोषणा गरेको कार्यक्रम अन्तर्गत विरोध र्याली निकालेका हौं र जेष्ठ १ गते पनि देशका विभिन्न ठाउँमा मोटरसाइकल र्याली निकाल्ने राजपाका नेता गजेन्द्र गुप्ताले बताए ।
विरोध र्यालीमा तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्टिय मधेस समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) लगायतका पार्टीहरुका कार्यकर्ता तथा नेताहरुको सहभागिता रहेको थियो ।