एकै समय ३ ठाउँमा सिलिण्डर विस्फोट


नेपाल समाचारपत्र, हेटौंडा । शुक्रबार विहान करिब ५ बजे मकवानपुरको मनहरी गाउ“पालिकामा एकसाथ ३ ठाउ“मा सिलिण्डर विस्फोट गराइएको छ । सिलिण्डर कसले पड्कायो भन्ने हालसम्म खुल्न सकेको छैन ।

मनहरीको बिजौना, सिम्पानी र देवकोटमा एकसाथ सिलिण्डर पड्किएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक ठाउ“मा मात्र सिलिण्डर पड्किएको पुष्टि गरेको छ । प्रहरीले भन्यो–एक ठाउ“मा मात्र पड्किएको जानकारी छ । सिलिण्डर पड्किए पनि यसबाट मानवीय तथा भौतिक क्षति नभएको प्रहरीको भनाइ छ ।