लागू औषध सहित पक्राउ


नेपाल समाचारपत्र, ललितपुर । लागू औषध सहित ललतिपुरमा दुईजना पक्राउ परेका छन ।

ललितपुर महानगरपालिका–३ महाराजगंज बस्ने ३१ वर्षीय करण खड्गी र सिन्धुपाल्चोक ठुलोसिरुवारी–३ घर भई भक्तपुर सूर्यविनायक बस्ने २९ वर्षीय राजकुमार श्रेष्ठलाई अवैध लागूऔषध डाईजापाम, नुर्फिन र फेनारगन एम्पुल २ सय २५ थान सहित बैशाख २६ गते प्रहरीले पक्राउ गरेको हो ।
ललितपुर महानगरपालिका–२८ हरिसिद्धी स्थित सडकमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले आकस्मिक चेकजाँच गर्ने क्रममा बा.६१ प ६१३१ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा मोटरसाईकलमा सवार खड्गी र श्रेष्ठको साथबाट उक्त लागू औषध बरामद भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।