बब्लुको गोली हानी हत्या



काठमाडौं, (नेस)
भारतमा जन्मेर नेपालमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका बब्लु दुवे भनिने मिथिलेश दुवेको भारतको बिहारमा हत्या गरिएको छ। बिहारको एक अलदलतमा पेस गर्ने क्रममा हत्या गरिएको हो।

भारतको मोस्ट वान्टेड सूचीमा रहेका दुवेलाई नेपालले ४ वर्षअघि पक्राउ गरी भारतीय प्रहरीको जिम्मा लगाएको थियो।

नेपालका उद्योगपति सुरेश केडियाको अपहरणलगायत थुप्रै आपराधिक क्रियाकलापमा संलग्न रहेका दुवेलाई भारतीय प्रहरीको जिम्मा लगाएपछि उनी विहारमा जेल सजाय भोग्दै आएका थिए।

उनले अहिले पनि नेपाल–भारत सीमा क्षेत्रमा आफ्नो आपराधिक गतिविधि सञ्चालन गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्