संसद्मा स्तनपान गराएर नयाँ इतिहास


ब्रिस्बेन, (एजेन्सी)
दुई महिने बच्चीले अस्ट्रेलियामा नयाँ इतिहास रचेकी छिन्। उनी संसद्मा स्तनपान गर्ने पहिलो बच्ची बनेकी छिन्। ती बच्चीको नाम आलिया जोय हो।

हालै मात्र क्विन्सल्यान्ड सिनेटर लारिसा वाट्र्सले ती छोरीलाई जन्म दिएकी थिइन्। वाट्र्स अस्ट्रेलियाली ग्रिन पार्टीका सहउपाध्यक्ष हुन्। मंगलबार उनी संसद्मा प्रसूति बिदापछि फर्केकी थिइन्। संसद्को कारबाहीका क्रममा आलियालाई भोक लागेपछि वाटर्ससले संसदमै उनलाई स्तनपान गराइन्।

यस घटनालाई लिएर वाटर्सले ट्विटमा भनिन्– ‘मलाई यस विषयमा गर्व छ, मेरी छोरी आलिया संघीय संसद्मा स्तनपान गर्ने पहिलो बच्ची बनिन्। हामीलाई संसद्मा थप महिलाको आवश्यक छ।’ अस्ट्रेलियाली संसद्ले गत वर्ष नै महिला सांसदलाई चेम्बरमै स्तनपान गराउन अनुमति दिएको थियो। यसअघि चेम्बरमा बच्चालाई ल्याउन पनि प्रतिबन्ध थियो। स्तनपान गराउनुपर्ने आमाहरूलाई एक प्रोक्सी भोट दिइएको थियो। उक्त नियम परिवर्तन गराउनमा वाट्र्सले विशेष भूमिका खेलेकी थिइन्।

उनले नोभेम्बरमा भेनेकी थिइन्– ‘यदि हामीले संसद्मा थप युवा माहिला चाहेका छौं भने हामीले नियम थप उदार बनाउनुपर्नेछ जसले अहिले बच्चा जन्माउने आमा र पिता संसद् र बच्चालाई हुर्काउने भूमिकामा सन्तुलन ल्याउन सक्छ।’