भोलीदेखि रसुवागढि नाका ९६ घण्टा वन्द हुने


नेपाल समाचारपत्र, रसुवा । बैसाख ३१ हुने पहिलो चरणको स्थानीय तहको चुनावका लागि भोली राती १२ वजेदेखि रसुवागढि नाका वन्द हुने भएको छ ।

निर्वाचन हुनुभन्दा ७२ घण्टा अगाडी नै सिमा नाका वन्द गर्नका लागि रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने र चीनका वोर्डर एडमिनिस्ट्रेसन कमिटिका प्रमुख विच आज भएको बैठकले रसुवागढि नाका वन्द गर्ने सहमति भएको हो ।

चुनावका लागि भोलीदेखि बैसाख ३१ गते राती १२ वजेसम्म ९६ घण्टा नाका वन्द हुने भएको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले वताउनुभयो ।

भोलिदेखि सवारी साधन तथा मानिसको आवतजावत समेत रोकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

नाकामा भोली शिल हुनेभएपछि चीन जाने तयारीमा रहेको डेड सय कन्टेनर प्रभावित हुने भएको प्रहरी नायव उपरिक्षक फणिन्द्र प्रसाइँेले वताउनुभयो ।

निर्वाचनको दिन प्रमुख जिल्ला अधिकारीबाट पास लिएका सवारी साधन वाहेक अन्य सवारी साधनले आवतजावत गर्न नपाउने कार्यालयले जनाएको छ ।