जिल्ला अस्पताल गाईघाटमा अपरेशन सेवा सुरु


कुशलबाबु बस्नेत, उदयपुर ।
जिल्ला अस्पताल उदयपुरले आजबाट अस्पताल हाता भित्रै सशुल्क र निशुल्क बितरण हुँने औषधीको फार्मेसी संचालामा ल्याएको छ ।

छुट्टा छुट्टै रहेका उक्त फर्मेसीको आज उदघाटन गर्दै निशुल्क बितरणहुने ७० प्रकारका औषधी र अन्य आबश्यकता अनुसार सशुल्क रुपमा औषधी बिक्री गरिने जिल्ला अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डाक्टर फडिन्द्र प्रसाद बरालले बाउनु भयो ।

फार्मेसीवाट सशुल्क रुपमा बिक्री गरिने औषधी गुणस्तरिय हुने र बिक्री मुल्यमा दश प्रतिसत छुट दिने व्यबस्था गरिएको अस्पताल बिकास समितिका अध्यक्ष राकेश खत्रीले बताउनु भयो । केही समयअघी डाक्टरको अभावमा अप्रेसन गरी बच्चा जन्माउने सिजरिङ सेक्सन सेवा र भिडियो एक्सरे समेत बन्द भएको अस्पतालमा हाल उक्त दुबै सेवाका साथै हाईड्रोसिल, हर्निया, एपेन्डिसाइटिस, खिल ऐजेरु र सिजरिङ सेक्सनको सहजरुपमा अपरेशनसेवा सुरुभएको जनाईएको छ ।

जिल्ला अस्पालको स्तरोन्नती संगै ५० सैयाको अस्पाल भएको दुईबर्षपछि अस्पतालले थप सेवा दिन सुरु गरेको हो । डाक्टर बरालका अनुसार मन्त्रालयको कार्यक्रम अन्तरगत हाईईड्रोसिलको निशुल्क अपरेशक गर्ने तयारी गरिएको छ । जिल्लामा दश हाईड्रोसिलका बिरामी भेटिएको र हात्तिपाईलेका चार महिला र छ पुरुष बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख सागर प्रसाईले बताउनु भयो ।