चट्याङ्गले तिनको मृत्यु, एक घाईते


नेपाल समाचारपत्र, उदयपुर ।
हाँवाहुरी र बर्षादसंगै आज बिहान परेको चट्याङ्गले लागेर उदयपुरको दुई स्थानमा तिन जनाको मृत्यु भएको छ । एकजना घाईते भएका छन् ।

मृत्यु हुनेमा कटारी गारपालिका ११ हर्देनीका ४७ बर्षीय भेषबहादुर खत्री र सोही ठाउका ५५ बर्षीय बलबहादुर बस्नेत सुनकोशी गाँउ पालिका ५ जाँतेकी ११ बर्षीय बालिका तुलसा बक रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब निरिक्षक शंकरप्रसाद खतिवटाका अनुसार बिहान आठ बजे कटारी नपा ११ स्थित बलबहादुर बस्नेतको घरमा चट्याङ्गले लागि घरैमारहेका खत्री र बस्नेतको मृत्यु भएको हो । उनिहरुसंगै घाईते भएकी ३३ बर्षीय कल्पना बस्नेतको बिराटनगर स्थित नोबेल मेडिकल अस्पतालमा उपचार भईरहेको छ ।

यसैयरी बिहानै परेको चट्याङ्गलाग सख्त घाईते भएकी सुनकोशी गाँउपालिका ५ डाङ्सीङटारका पदमबहादुर बिककी ११ बर्षीय छोरी तुलसालाई उपचारका लागि स्वास्त्य चौकी जाँते लादै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक तिनैजनाको कानुनी प्रकृया पुरा गरी लास आफन्तलाई बुझाईने प्रहरीले जनाएको छ ।

आज बिहान एकाएक हावा हुरी संगै जिल्लाका बिभिन्न स्थानमा चट्याङ्ग परेपछि जिल्ला दैबिक प्रकोप उद्धार समितिको बैठक बसी दैबिक बिपत्तिमा परेकाहरुलार्य उद्धार गर्न सबै सम्यन्त्रहरु सजक अवस्थामा बस्न निर्देशन दिएको जिल्ला समन्वय समिति उदयपुरका सूचना अधिकृत बिश्वजित राईले बताउनु भयो ।

प्रमुख जिल्ला काली प्रसा पराजुलीको अयक्षतामा बसेको बैठकले सम्भावित जोखिम त्यसको न्युनिकरण र उद्धारको योजना बनाउन समेत निर्देशन गरेको जनाईएको छ ।