गुल्मीमा अज्ञात समुहद्धारा एक्साभेटरमा आगजनी


अनिल खत्री,गुल्मी ।

गुल्मीमा अज्ञात समुहले जेसिबी कम्पनीको एक्साभेटरमा आगजनी गरेका छन् । निर्माणधिन छल्दी पनाहा इन्द्रेगौडा सड्कमा काम गरि रहेको जेसिबी २ सय ५ एक्साभेटरमा गएराती इस्मागाउँपालिका वडा नं. २ रातचौर भन्ने स्थानमा अज्ञात समुहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले जानकारी दिए ।

सोमवार राती करिव १ बजेको समयमा रोकीराखेको एक्साभेटरमा आगजनी हुँदा इन्जन जलेर नष्ट भएको प्रहरी जनाएको छ । निर्माणधिन उक्त सड्कमा कालिका कन्ट्रक्सन काठमाडौंले सडक निर्माणको जिम्मा लिएको थियो ।

आगजनी गर्ने अज्ञात ब्यक्तिको खोजी भइरहेको प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले जानकारी दिए । आगजनीबाट एक्साभेटर काम नलाग्ने भएको कालिका कन्ट्रक्सन काठमाडौंका इन्जिनियर नबिन सापकोटाले जानकारी दिए ।

सड्क चौडा पार्ने तथा नाली र ग्राभेल गर्नका निम्ती झण्डै ६ महिना अघि देखि निर्माण गर्दै आएको इन्जिनियर सापकोटाले जानकारी दिए । सड्क सम्पन्न गर्न ५० प्रतिशत काम भैरहेको थियो इन्जिनियर सापकोटाले भने ‘आगजीबाट एक्साभेटरको इन्जीन जलेर काम नलाग्ने भयो ।’ बिकास निर्माणको काम अबरोध पार्न गरिएको प्रयास हो,उनले भने ‘अज्ञात ब्यक्ति तत्काल पत्ता लगाई कडा कारवाही गर्नु पर्ने जोड दिए ।’

उनले यस्ता बिकास बिरोधी अपराधीलाई कडा कारवाही हुनुपर्ने बताए । कालिकाले उक्त सड्क खण्डको ६ किलो मिटरको काम गरिरहेको थियो । सड्क सम्पन्न गर्न दुइवटा जेसिबी एक्साभेटरले काम गरिरहेका छन् ।