प्रधानमन्त्रीको निर्देशनपछि राउटेको उपचार लागि ५ लाख अनुदान


बैशाख २७, काठमाडौं ।

दैलेखको आगलागीमा परी उपचारमा रहेका राउटे कपिल शाहीको उपचार र राउटेहरुको कुलपूजाका लागि प्रधानमन्त्री कार्यालयले पाँच लाख रुपैया सहयोग गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि प्रधानमन्त्री कार्यालयले पाँच लाख रुपैया सहयोग गरेको हो । १२ वर्षको एकपटक गर्ने राउटेहरुको महाकुल पूजा र उपचाररत शाहीको उपचारका लागि सरकारले सहयोग गरेको हो ।

अघिल्लो पुसको पहिलो साता अछामको पिडलतडामा आगो ताप्ने क्रममा कपिल शाही जलेका थिए । आगोले उनको पाखुरा, ढाड र पेट लगेको थियो । जलेको एक वर्षपछि शाही उपचारका लागि राजी भएपछि उनलाई काठमाडौं ल्याइएको छ ।