बिद्यार्थी खोज्न बिद्यार्थी नै सक्रिय


विमल विष्ट,डोटी ।
डोटी जिल्लामा बिद्यार्थी भर्नाका लागि बिद्यार्थि नै सक्रीय भएका छन । बिद्यालय छोड्ने मनस्थिती बनाएका आफना सहपाठीलाई भर्ना हुनका लागि प्रेरित गर्न यहाँका बिद्यार्थिले घरदैलो अभियान समेत सुरु गरेका छन् ।

बिगतका बर्षमा परिक्षा सकिएपछी धेरै सहपाठीले कक्षा छोडने गरेका कारण यस बर्ष भर्ना हुन अनुरोध गर्नका लागि घरमा पुगेको दिपायल सिलगढी नगरपालिका – ७ पाँकरीको दुर्गा आधारभुत बिद्यालयकी बिद्यार्थी दिपा विष्टले बताईन् ।

उनले भनिन् ‘परिक्षा दिएपछी धेरै साथीले कक्षा छोडने गरेका थिए, यस बर्ष पनि कक्षा छोड्ने मनस्थिती बनाएका साथीलाई पनि बिद्यालयमा भर्ना गर्नका लागि अनुरोध गर्ने र बिद्यालय भन्दा बाहिर रहेका साथीलाई भर्ना गराउने उदेश्यका साथ घरमा पुगेरै अबिभावक र सहपाठीलाई सम्झाउदैछौं ।’

त्यस्तै आफ्ना सहपाठीहरु छुट्दा नराम्रो लाग्ने भएकाले घरदैलो अभियान गर्न लागेको डोटीको शखिर नगरपालिका २ भवानी आधारभुत बिद्यालय मुडभराकी जानकी भुत्यालले बताईन् ।

बिद्यालय भन्दा बाहिर रहेका बिद्यार्थी भर्नाका लागि बाल क्लबको नेतृत्वमा शिक्षक सहित भर्ना अभियानमा सक्रीय रहेको भवानी आधारभुत बिद्यालय मुडभरा खन्याडीका प्रधानध्यापक गणेश कठायतले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘ सामुदायिक बिद्यालयले आफ्नो शैक्षिक गतिबिधी सञ्चालन र शिक्षाको गुणस्तरमा सुुधार गर्ने हो भने बिद्यार्थीको आकर्षणमा बृद्धी गर्न सकिन्छ, हामी त्यही शिलसिलामा बिद्यार्थीको घरमा पुग्ने गरेका छौं ।’ बिद्यालय बाहिर रहेका बालबालिकाहरुको संख्या पत्ता लगाई बिद्यालमा भर्नाका गर्नका लागि सामुदायिक अध्ययन केन्द्र मार्फत पनि काम भैरहेको जिल्ला शिक्षा कार्यालय डोटीका बिद्यालय निरिक्षक गोपालदत्त जोशीले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘सामुदायमा स्थापना भएका सामुदायिक अध्ययन केन्द्रले बिद्यालय भन्दा बाहिर भएका बिद्यार्थीको संख्या पत्ता लगाउने र तिनीहरुको अबस्थाको बिश्लेषण गर्नुका साथै समाधानका लागिी पहल गर्ने छ ।’ जिल्ला शिक्षा कार्यालयले प्रत्येक बर्ष बिद्यार्थी भर्ना कार्यलाई अभियानको रुपमा सञ्चालन गर्दै आएको छ ।

केही हप्ता यता देखी ७ नम्बर प्रदेशका सबै जिल्लाका जिल्ला शिक्षा कार्यालयले बिद्यालय भन्दा बाहिर रहेका बिद्यार्थी भर्नाका लागि घरदैलो अभियान सञ्चालन गरिरहेको सुदूरपश्चिम क्षेत्रीय शिक्षा निर्देशनालय दिपायल राजपुरका क्षेत्रीय निर्देशक लालजंग चौहानले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘ ७ नम्बर प्रदेशमा बिद्यालय भन्दा बाहिर रहेका बालबालिकाको तत्थ्यांक एकिन नभए पनि ठुलो संख्यामा बाहिर छन् भन्ने बिभिन्न अध्ययनले देखाएको छ , सबै बालबालिका बिद्यालयमा भर्ना गराउने अभियानमाहामी लागि परेका छौं ।’
आफना सहपाटी बिद्यार्थी लाई बिद्यालयमा भर्ना हुनका लागि प्रेरित गर्ने अभियानमा सहभागी दुर्गा आधारभुत बिद्यालयका बिद्यार्थीहरु