शिवम् सिमेन्टद्वारा जानकी मन्दिरमा सरसफाई


काठमाडौं, (नेस)
शिवम् सिमेन्टले नेपाल ट्रेड सेन्टरको सहयोगमा सामाजिक उत्तरदायित्वअन्तर्गत जनकपुरधामस्थित जानकी मन्दिरको सेरोफेरो लगायत चोकमा सरसफाई अभियान सम्पन्न गरेको छ। ‘सरसफाईको मामलामा नो कम्प्रोमाइज’ भन्ने नारासहित बिहीबार मारवाडी युवा मञ्च, जनकपुर जेसिस तथा महावीर युवा कमिटीसँगको सफाई गरिएको हो।
शिवम्ले धार्मिक आस्था र स्वास्थ्यको लागि धनुषाधाममा भइरहेको ‘सीता राम नाम जप महायज्ञ’ मा सहभागी श्रद्धालुका लागि १० दिनसम्मका लागि चिसो पानी पनि वितरण गर्दै आइरहेको छ। त्यस्तै क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने नारासहित अघि बढिरहेको शिवम्ले पछिल्ला दिनमा स्वास्थ्य, शिक्षा, धार्मिक आस्था, अनुशासनलगायत अन्य विभिन्न क्षेत्रमा संलग्न व्यक्तिलाई पनि कुनै पनि ढंगले कम्प्रोमाइज नगर्न उत्साहित गर्दै आएको छ।