ऋचाको आधा लभ जेठमा


नायिका ऋचा शर्माद्वारा निर्मित फिल्म आधा लभको राजधानीमा आयोजित एक समारोहबीच ट्रेलर सार्वजनिक गरेकी छिन्। ऋचाले फिल्मको रिलिज डेट खुलाउँदै ट्रेलर सार्वजनिक गरेकी हुन्।

छायांकन कार्य पूरा भइसकेको फिल्म आगामी जेठ २६ गत अल नेपाल रिलिज हुने ऋचाले जानकारी गराइन्। फिल्मको निर्देशन अभिनेता अर्पण थापाले गरेका छन्। फिल्ममा ऋचासँगै अर्पण थापा, रेमणदास श्रेष्ठ, रोजिशा शाही, मिथिला शर्मा, टीका पहारीलगायतले प्रमुख भूमिकामा अभिनय गरेका छन्। फिल्ममा उमेर र फरक सोच राख्नेहरुबीचको प्रेमकथा रहेको निर्देशक थापाले जानकारी गराए।