निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता


काठमाडौँ, २१ वैशाख । जिल्लाका राजनीतिक दलले यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने लिखित प्रतिबद्धता जनाएका छन् ।

जिल्ला बालकल्याण समिति धादिङद्वारा गठित निर्वाचन अनुगमन समितिले आज गरेको अन्तक्र्रियामा सहभागी दलका प्रतिनिधिले निर्वाचन आचारसंहितानुसार पनि निर्वाचनमा बालबालिका प्रयोग गर्न नमिल्ने भएकाले आफूहरुले निर्वाचनमा बालबालिकाको प्रयोग गर्ने प्रतिबद्धता जनाए ।

समितिका अध्यक्ष एवम् प्रजिअ उमेशकुमार ढकालले दलहरुले जनाएको प्रतिबद्धता व्यवहारमा पनि लागू हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । रासस