डोटीमा सोलार बत्ति जोड्ने कार्य सुरु


विमल विष्ट, डोटी
डोटीको दिपायल सिलगढी नगरपालिका भित्ररहेका प्रमुख ब्यापारी केन्द्रहरुमा २४ सै घण्टा बाल्न मिल्ने सोलार बत्ति जडान कार्य सुरु भएको छ ।

दिपायलसिलगढी नगरपालिकाको अर्थिक सहयोग र डोटी उद्योग बाणिज्य संघको पहलमा यहाँका प्रमुख ब्यापरी केन्द्रहरु राजपुर, सिलगढी, पिपल्ला तथा दिपायलमा २४ सै घण्टा बाल्न सकिने सोलार बत्ति जडान कार्य आज बुधबारबाट सुरु गरिएको डोटी उद्योग बाणिज्य संघका कार्यालय सहायक तेजबहादुर बोहराले बताउनु भयो ।

उहाँका अनुसार यहाँका प्रमुख ब्यापारी केन्द्रहरुमा सोलार सहितका ३० वटा बत्ति जडान पोल राखिने भएको छ । करिब १५÷२० दिनमा काम सम्पन्न गरिसक्ने लक्ष लिईएको उक्त कार्यक्रममा नगरपालिकाले कुल ३० लाख बजेट विनियोजन गरेको थियो ।

बत्ति गएको समयमा अन्धकार हुने यहाँका ब्यापारी केन्द्रमा अब २४ सै घण्टा बत्ति सुचारु हुने भएपछि स्थानियबासीमा खुसियाली छाएको दिपायल पिपल्लका स्थानीय ब्यापरी गणेश साउदले बताउनु भयो ।

डोटीमा नगरपालिकाले प्रमुख ब्यापारी केन्द्र तथा बजार क्षेत्रमा सोलार बिद्युत बितरण गरेको यो पहिलो पटक हो । यहाँका स्थानिय राजनैतिकदल तथा ब्यापारी र स्थानियहरुको लामो माग तथा प्रयास पछि बल्ल बजारमा सोलार बत्ति बितरण गरिन थालेको र उक्त बत्तिले रातीको समयमा हुने अपराधिक क्रियाकलापमा निकै कमि आउने स्थानिय समाजसेबी तथा काग्रेसी नेता घनस्यामदत्त पाठकले बताउनु भयो ।