काठमाडौ (नेस) ।
विमलेन्द्र निधिले उपप्रधान तथा गृहमन्त्री पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् ।
फिर्ता लिएसँगै उनले मन्त्रालयको जिम्मेवारी आजैबाट सम्हाल्ने भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र निधिबीच बिहीबार बिहान प्रधनमन्त्री निबास बालुवाटारमा भएको छलफलपछि निधिले राजीनामा फिर्ता लिएका हुन् ।
छलफलमा दाहाल र देउवाले एकैसाथ चुनाव सफल पार्नुपर्ने भन्दै राजीनामा फिर्ता लिन आग्रह गरेका थिए । दुवैको आग्रहपछि निधिले राजीनामा फिर्ता लिने र आजबाट नै गृह मन्त्रालयको जिम्मेवारी समाहाल्ने भएको उहाँका प्रेस सल्लाहाकार राम जी दाहालले जानकारी दिनुभयो ।
गृहमन्त्री निधिले राजीनामा दिएपछि मन्त्री निवास पुल्चोकबाट आफ्ना सामान नयाँ बानेश्वरस्थित घरमा सारिसको थिए । तर आज उनले सरकारी क्वाटरमा नै सर्ने योजना बनाएका छन् ।
कार्कीविरुद्ध महाअभियोग दर्ता भएपछि कांग्रेसको तर्फबाट सरकारमा नेतृत्व गरेका निधीले गृहमन्त्रीबाट राजीनामा दिएका थिए ।