निर्वाचन अधिकृतद्धारा आत्महत्या प्रयास,काठमाडौ लगियो



रसुवा, (नेस) ।
रसुवामा खटिएका एक जना निर्वाचन अधिकृतले आत्महत्याको प्रयास गरेका छन् ।

जिल्लाको कालिका गाँउपालिकामा खटिएका सन्तोष कुमार गिरीले सोमबार राती आत्महत्याको प्रयास गरेका हुन् ।

डोरी लगाएर झुण्डिएको थाहा पाएपछि घरबेटी तथा गाँउलेले डोरी काटेका प्रहरीले वताएको छ ।

घाइते भएका गिरीलाई आज विहानै उपचारका लागि हेलीकप्टर मार्फत काठमाण्डौ लगिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

घटना वारे अनुसन्धान भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्