आईजीपी नियुक्तिसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित


काठमाडौ (नेस) ।
आईजीपी नियुक्तिसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

सर्वोच्च अदालतले १९ वैशाखमा जारी गरेको दैनिक पेशीसम्बन्धी सूचनामा आईजीपी नियुक्तिको मुद्दाको सुनुवाइ स्थगितमा राखेको छ ।

डीआईजी नवराज सिलवालले दर्ता गरेको रिटको सुनुवाइ आज तोकिएको थियो ।

सरकारले अर्का डीआईजी प्रकाश अर्याललाई आईजीपी नियुक्त गर्ने निर्णय गरेपछि त्यसका विरुद्ध डिआईजी नवराज सिलवाल सर्वोच्चमा पुगेका थिए ।
उक्त मुद्दाको सुनवाइ आजका लागि स्थगित गरिएको हो ।