आगलागीबाट धनमाल क्षति


नेपाल समाचारपत्र, काठमाडौँ । रौतहटको परोहा गाउँपालिका–१ जिंगडवा बस्ने शेख दरोगाको एकतल्ले काठ र बासले बनेको फुसको घरमा आइतबार करेन्ट सर्ट भई आगलागी हुँदा करीव ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
त्यस्तै धनुषाको कमलसिद्धिदात्री नगरपालिका–६ सखुवामडान बस्ने सुधिर महतोको काठको घरमा आइतबार आगलागी हुँदा करीव ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गरेको थियो ।