बारुद भरेर पट्काउँदा मृत्यु


नेपाल समाचारपत्र, ताप्लेजुङ । छाताको डण्डिमा सलाइको वारुद भरी आगो लगाउदा पेटमा लागेर आठराइ त्रिवेणी गाउँपालिका– १ बस्ने १० बर्षीय मिलन तामाङको मृत्यु भएको छ ।

तामाङले शनिबार घरदेखि अन्दाजी ३ सय मिटर पूर्व अलैची बारीमा छाताको डण्डिमा सलाइको वारुद भरी आगो लगाउदा उक्त डण्डि पेटमा लागेर घाइते भई लडिरहेको अबस्थामा आइतबार फेला पारिएपछि उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ्गतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।